रूपन्देही जिल्लाको एक गाउँपालिकाका ५९ वर्षिय पुरुषको कोरोना पोजिटिभ देखियो। र, केही दिन पश्चात् उनको मृत्यु भयो। यसक्रममा कोरोना संक्रमितको परिवारमाथी भएको सामाजिक अपराध र आतंकको रिपोर्ट सेतोमसीले प्राप्त गरेको छ। जुन यस प्रकार छ।
मृतकका छोराका अनुसार उनका बुवालाई पहिलै देखि मुटुको समस्या, उच्च रक्तचाप, र डाइबिटिज पनि थियो। नजिकै को दुकानमा चिसो खाएपछि श्वासप्रश्वास को समस्या देखियो जाँच गराउँदा निमोनिया देखियो र covid-१९ पनि देखियो ।
“जब बुवालाइ बुटवलको धागो कारखानामा बनाइएको विशेष अस्पतालमा लागेर राखियो। तब बुवाले नियमित खादै आएको प्रेशर र सुगरको औषधिको छुटाइयो र त्यही औषधिको अनियमितताले गर्दा रोगले झनै उग्र रूप लियो र समस्या बढ्दै जाँदा ५ दिन भित्रै मेरो बुवाको मृत्यु भयो” मृतकका छोराले भने ।
अझ कहाली लाग्दो कुरा यो छ कि जब उनको बुवालाई कोभिड देखियो। त्यसपछि परिवारलाई घर जान समेत गाउँले दिएका थिएनन्। जसरी-तसरी उनिहरू आफ्नो घर भित्र त पसे। तर, साँझ पख नुन सकिएकोले स्थानीय पसलमा नुन किन्न गएको बेला पुरा गाउँलेले उनलाइ कुकुर जस्तो भगाए र गाउको पसलमा नुन समेत किन्न पाएनन्। नुन किन्न कै लागि उनी मुख लुकाएर ५ किलोमीटर परको पसलमा गए र बल्ल बल्ल नुनको जुगाड भयो।
उनि अगाडि भन्छन- “तथाकथित कोरोना ले हिजो मेरो बुवाको ज्यान लियो। बुवाको शव सरकारले आफ्नो ब्रिगेड लगाएर अन्त्योस्टि गर्ने भनेको छ। खै, के गर्छ, हाम्रो परिवारले आफ्नो अभिभावकको अन्तिम बिदाइ समेत गर्न पाइएन।”
फेसबुक देखि प्रतिक्रिया दिनुहोस