देशभर ठूलो मात्रामा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखाको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। त्यस्तै देभरका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षा हुने संकेत देखिएको छ। राती पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। चट्याङसहित भारी वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस