कोरोना महामारी फैलिरहेको अवस्थामा विगत लामो समयदेखि निषेधाज्ञा गर्दै आएको रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकमा भएको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय रूपन्देहीले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको छ।
यो भन्दा पहिले भने भदौ २८ गते सम्म निषेधाज्ञा जारी गरिएको थियो। जिल्लामा कोरोना सङ्क्रमण कम नभएपछि थप निषेधाज्ञा जारी गरिएको हो। यसपटकको जारी निषेधाज्ञामा भने यस्ता खालका निर्णय भएका छन्।
१.निजी सवारी साधनहरु जोर–बिजोर गरी चल्न पाउने
२. होटेलहरुले टेक–अवे सेवा दिने गरी खोल्न पाउने
३. पसल–व्यवसायहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइने
४.बैंक तथा सहकारी संस्थाहरु र सरकारी कार्यालयहरु भीडभाड नगरी, स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सञ्चालन गर्न पाइने
५.सार्वजनिक सवारी साधन हरु सञ्चालन गर्न नपाइने
६. शैक्षिक संस्था लगायत अन्य शैक्षिक क्रियाकलाप हुने संस्थाहरु भने खोल्न नपाइने
फेसबुक देखि प्रतिक्रिया दिनुहोस