रोल्पामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा रोल्पाको लुंग्री गाउँपालिकाका एकै घरका दुई जना रहेका छन्। माथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस