धेरैले सामाजिक संजालमा लेख्ने गर्छन कि बाबुराम बौलायो । कतिपयले त धेरै पढेको हुनाले बाबुराम बिग्रीएको समेत टिप्पणी गर्ने गर्छन । कतिसम्म भने एक पटक प्रधानमन्त्री केपि ओलिले समेत बाबुरामलाइ संकेत गर्दै पढ्दापढ्दै सन्तुलन गुमाएका समेत भन्न भ्याएका थिए।
बाबुराम बौलाएका हुन या नेपाली समाज र राजनीतिले उनलाइ चिन्न र प्रयोग गर्न असफल भएको हो त्यो बहस कै बिषय छ र समयले त्यस्को टुंगो पनि लगाउला नै। तर अहिले भने उनका प्रेरक ब्यक्तित्वको बारे जानी राखौं ।

उनके एक ट्विट लेख्दै आफ्नो जीबनका प्रेरक ब्यक्तित्वहरु सार्बजनीक गरेका छन। मेरा जीवनका प्रेरक व्यक्तित्व: शिर्षकमा ट्विट लेख्दै उनले ६ जना महान हस्तिहरुलाइ आफ्नो आदर्श ब्यक्ति बताएका छन।
उनका आदर्श ब्यक्तिहरुमा गौतम बुद्ध (आत्मिक चिन्तन), कार्ल मार्क्स (समाज विज्ञान), अल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान), पृथ्वीनारायण शाह (रणनीति), बीपी कोइराला (आधुनिकता) र पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय) रहेका छन।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस