कोरोना भाइरस सम्बन्धी सामाजिक सञ्जालमा अफवाह फैलाएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं ७ घर भई हाल पोखरा महानगरपालिका वडा नं ५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका-४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको प्रहरी बाट जानकारी प्राप्त भएको छ।
गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड-१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरूले उल्टो सुल्टो (नेगेटिभ रिपोर्टलाई पोजेटिभ) सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुई जनालाई झुटो अफवाह फैलाएको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस