• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

कृर्षीलाई आधुनीकरण गर्दै कृर्षकको आर्थिकस्तर सुधार्न आवश्यक

६ महिना अगाडि
कृर्षीलाई आधुनीकरण गर्दै कृर्षकको आर्थिकस्तर  सुधार्न आवश्यक
47
Shares
114
Views

नेपाल सदेऔँ देखिको कृषि प्रदान राष्ट्र भनेर विश्वमा परिचित देश हो । विभिन्न तथ्याङ्क अनुसार देशको चालिस प्रतिशत कुल ग्रास्थ उत्पादन कृर्षीमा निर्भर छ । देशका अधिकांश मानिसहरु आज पनि कृषिमा नै पुर्ण निर्भर रहेर जीवन गुजार्न बाध्ये भएका छन् ।

करिब ६५ प्रतिशत मानिसहरु नेपालमा अहिले पनि कृषिमा नै आश्रीत बनेर जीवन चलाउन बाध्य भएका छन् । बहुसंख्यक नेपालीहरुले प्रमुख जीविका पार्जनको आयस्रोत मानेर अहिले पनि नेपाली समाजमा कृषिलाई नै सर्वश्रेष्ठ पेसाको रुपमा अङ्गिकार गरेको अवस्था जनजाहेर नै छ । राज्यले पनि यहि पेसालाई प्राथमिकता दिएर वर्षेनी ठुलो मात्रमा बजेट विनियोजन गरी बडो राम्रा–राम्रा कागजी व्यवस्थाहरु बनाएर रोस्टमबाट बजेट भाषण गरेको पाईन्छ ।

सरकार तथा राजनीतिक दलका सबै सबै नाईकेहरुले परिवर्तनका कैयौँ सपनाहरु बाँधेर, जीविका पार्जनका मिठा–मिठा भ्रणहरु छरेर नेपाली जनतालाई जुक्याउदै शासण सत्ताको बागदोर समाल्ने परिपाटी नेपाली समाजमा नेपाली जनताको लागि नौलो विषय त होइन । तर पनि राणाहरुको शोषण अनि अत्यचारबाट मुक्त हुन सकेमा नेपाली जनाताको भविष्य परिवर्तन हुनेछ भन्ने आसा अति नै ठुलो थियो । त्यत्तिमात्र नभएर पञ्चायतलाई मिल्काउन सके पक्कै पनि नेपालीहरुको भाग्यरेखा बदलिने छ भनेर उत्तिकै रगतको भेल बगाउन बाध्य बनाउने राजनीतिक संस्कारको विकास गरियो । त्यो व्यवस्था मिल्काउन पनि नेपाली जनता सफल भए तर पनि भाग्यरेखामा कुनै परिवर्तन आउन सकेन ।
माओवादी शसस्त्र आन्दोलनले सारा नेपाली जनजीविकालाई एक दशकमा नै सिङ्गापुर र स्विजरल्याण्डका जनताको जीवनशैली भन्दा अगाडि पु¥याउँछ अनि नेपाली किसानहरुका भाग्य रेखा नै परिवर्तन हुन्छ भनेर हजारौँ नपालीको ज्यान लिने खेल पनि दश वर्षसम्म खेलेर समाप्त पारियो । तर पनि नेपाली जनताको जीवनचर्यामा केही परिवर्तन आउन सकेन ।
त्यतिमात्र नभएर परिवर्तनको सबैभन्दा बाधक तत्व भनेकै राजतन्त्र हो भनेर त्यसलाई फ्याक्न पनि नेपाली जनताहरुलाई फेरी पनि बोलीको बोको बनाएर जनआन्दोलनको नाममा सयौँ नेपाल आमाका सपुतहरुलाई सडकका गल्तिहरुमा थहरै पर्ने गरी गोली थाप्न बाध्य बानएर विकासको बाधक भनिएको दुई सय चालिस वर्षसम्म शासण समालेको नेपाली राजतन्त्रको पनि विधिवत अन्य गरियो तर पनि नेपाली र नेपालको विकासमा केही नयाँ रुपरेखाहरु देख्न सकिएन झनै बारी जोत्न छाडेर युद्ध र आन्दोलनमा होमिएका हजारौँ किसानका छोराहरु बिस्थापित र घरबारबिहीन हुदै समाजबाट आपमानका व्यवहारहरु खेपेर जीउन बाध्य भए ।

वहानाहरु सृजना गर्दै कुर्सी र पदको सौदा बाजी गरेर फेरी नयाँ संविधानको विकल्प लिएर दुई–दुई पटकसम्म संसारमा नभएको संस्कार बसालेर संविधानको चुनाव मार्फत आठ–आठ वर्ष लगाएर संविधान बन्यो । त्यसपछि त नेपाली जनताहरुको मनमा आसाका कैयौँ सपनाहरु पुरा हुने भयो भनेर मनमा खुसिका दियोहरु बलेका थिए । तर फेरी पनि आवधिक चुनावको वहाना बनाएर देशमा अझै पनि सत्ताको लुछाचुडि गर्ने कसरत चलिरह्यो ।
संभावनाको झिने आसा राखेर आवधिक चुनाव पछि त स्थायी सरकारले पक्कै पनि नेपालमा नेपाली किसानहरु र आम नेपाली नागरिकहरुको लागि युगान्तकारी परिवर्तन ल्याउनेछ भन्ने भरोसा थियो । त्यसै अनुरुप जसरी त्यसरी तीन तहकै चुनाव पनि सम्पन्न भयो । जनताले सोचे भन्दा राम्रो जनमत सहितको सरकारले पनि मान्यता पायो । इतिहासको सबै भन्दा बलियो जननिर्वाचित सरकार पनि गठन भयो । तर पनि नेपाल र नेपालीको लागि केही परिवर्तनको गन्ध पनि आउन पाएन ।
विशेष त यतिबेला विश्व नै कोभिड–१९ का कारण थला परेको छ । आफ्ना जनताको जीवन रक्षा र दैनिक प्रशासनिक कार्यलाई प्रभावकारी र जनमुखी बनाउन विश्वका सारा मुलुकहरु लागि परेका छन् । तर विडम्पना नेपाली जनाताका जननिर्वाचित भनौदाहरु यतिबेला पनि कसरी हुन्छ कुर्सी र पद जोगाउने खेलमा मस्त भइरहेका छन् । जनतालाई ऋिणको बोझ बोकाएर भ्रष्टचारको साङ्गठानिक योजना निर्माण गरेका छन् ।
यतिबेला हरेक साधारण मान्छे थला परेकै अवस्था छ । त्यसैमाथि कृषि व्यवसाय सञ्चालन गरेका अधिकांश किसानहरु कोभिड–१९ ले भन्दा बढी थला पर्ने अवस्था देखिन थालेको छ । राज्यले कृषि र किसानको हितको पक्षमा भनेर जे–जस्ता नीति र योजना बनाए पनि त्यो केवल कागजी पानामा मात्र सिमित हुदो रहेछ भन्ने प्रमाणित भएको छ । संभावनाको सरकार भएको बेला संभावनाकै सपनासँग जोडिएका बौद्धिक जननेता कृषि मन्त्रि पाउदा नेपाली जनताहरुले धेर–थोर कृषिमा परिवर्तनको आसा जितितै रहेको भन्ने आँकलन गरेका थिए । तर अहिले त्यो आसा पनि पुर्ण रुपमा एैँजेरु लागिसकेको छ । नेपालको अधिकांश भु–भाग यो वर्ष कृषिको लागि प्रयोग भए पनि सोचे जस्तो उपलब्धि प्राप्त नहुने निश्चित जस्तौ देखिएको छ ।
शहर पसेका अधिकांश युवाहरु गाउँ फर्किएर बाँझा जमिनलाई कोरेर बाली लगाएका थिए । कृषि पेसामा आसा र सम्भावना बोकेर गाउँ फर्किएका ती युवाहरुको मनमा फेरी अर्काे झड्का थपिएको छ । जहाँ उनीहरुले कडा मेहनत र लगानी गरेर लगाएको बालीले न त कृषि विज्ञ पायो न त आवश्यक कृषि मलहरुको मुहार नै देख्न पायो । यो वर्ष बेलैमा मौसमले साथ दिए पनि नेपाल सरकारले ती किसानका सपनामा अहिले झनै चरम लापर्वाही र वेवास्ता गरेको छ ।
समयमा किटनासक औषधि र मलहरु नपाउदा बाली सोचेअनुरुप हुर्कन बढ्न सकेको छैन । खास गरी नेपालको अन्न भण्डार मानिने तराईमा अधिकांश भुभाग यो वर्ष प्रयोग भएता पनि किसानका लागि चाहिने कृषि सामाग्रीहरु उपलब्ध नहुदा किसानहरु चिन्तित बनेका छन् । उनीहरुलाई त कोरोनाले दिएको पिडामा झन पिडा थपिदिएको छ । नेपाल सरकारले समयमा उनीहरुको समस्या नबुझिदिदा तराईका किसानहरु झन पिडामा छटपटाइरहेका छन् । नेपाली बजारमा कृषि मलहरु नपाउदा कतै सिमादेखि नजिकको भारतीय बजारबाट ल्याइएको पाएमा नेपाली सुरक्षा कर्मिको ज्याजतिले झन अमानवीयता प्रदर्शन गरेको छ । यसरी नेपाली किसानहरु कहिलेसम्म परिवर्तनको नाममा नेता र सरकारबाट थगिदै बस्नु पर्ने हो ।
सपनाका कैयौँ लड्डुहरु किसानका पक्षमा भनि हरेक आर्थिक वर्षको बजेत बाषणमा किसानहरुलाई भ्रण फैलाउदै बजेट झ्याम पार्दै कागजी कार्यक्रमहरु सञ्चालन गर्दै आएको सरकारले यो वर्ष त उस्तै नियती र व्यवहार प्रदर्शन गर्ला भनेर नेपाली किसाहरुले सोचेको थिएनन् । किनकी यो वर्ष सरकारका नियमित कार्यहरु माहामारीका कारण सबै थप्प भएको बेला फुर्सदमा रहेको सरकारले कृषिकका अधिकतम समस्याहरुलाई ध्यानमा राखेर सहजता प्रदान गर्न सफल हुनेछ भनेर पर्खिरहेका थिए । सबै किसानहरुले बाझिएका जमिन उपयोग गरी राष्ट्र सङ्कटमा परेको बेला कृषीमा आत्म निर्भरताको नीतिलाई जोड दिएको सरकारलाई पुर्ण सहयोग गरी राज्यमा नै केही गर्न सकिने सपना बुनेका थिए ।
विभिन्न काल खण्डामा नेपाली राजनीतिमा सबै राजनीतिक दलहरुले कृषि क्रान्तिलाई वकालत गर्दै आएको पाईन्छ । वर्तामान सरकारको नेतृत्व गरेको कम्युनिष्ट पार्टी नेकपाले त झन लामो समयसम्म किसानकै मुक्तिको लागि बनेको दल भनेर आन्दोलन र युद्ध गरेर आएको दल मानिन्छ । किसानकै छोराछोरीहरुलाई आन्दोलन र युद्धमा भिड्न हौसाएको दलको नेता तथा मन्त्रि यति बेला सरकारको नेतृत्व गरेर बसेको अवस्था छ । तर परिवर्तनका सबै सपनाका खोलहरु यतिबेला च्याति सकेको नेपाली किसानहरुले महसुस गरिरहेका छन् ।
खास गरेर ध्यान बालिमा लागेको विभिन्न रोगहरुले उनीहरुको मनलाई समाली नसक्नु बनाएको छ । सरकारको नीति तथा कायक्रममा कृषि विशेषज्ञ सहज ढङ्गले हरेक किसानको खेतमा पुग्नु पर्ने साथै समस्याहरुको पहिचान गरी किसानको मनोवललाई उच्च बनाउन सहयोग गर्ने भन्दै त्यसको लागि पनि सरकारका सबै निकायहरुबाट उच्चतम प्राथमिकता दिनुपर्ने भनेर कार्यन्वयन गर्ने सम्मका कार्यक्रमहरु बनाइएको भए पनि त्यो केवल कागजी सौन्दर्यताको लागि मात्र भएको छ ।
संघियता सहितको सरकार तथा बलियो जनमत प्राप्त गरेको वर्तामान सरकारका यस्ता उदासिन व्यवहारले नेपाली किसानहरुका मनमा फेरी उस्तै निरङ्कुश शासनको झझल्को गराइरहेको आभास भएको छ । बेलैमा आवश्यक कृषि मलहरु नपाउदा खेतमा लगाइएका धानको बालीमा विभिन्न प्रकारका समस्याहरु देखिन थालेका छन् । अझै रोचक विषय त किसानका समस्याको विषय र किृषि मलहरुको अभावमा किसानहरुले सरकारको आलोचना गर्दा सरकारका आसेपासे तथा चास्लुसे र खरिद बिक्रीको प्रक्रिया तथा नेताका आशिर्वाद पाएर कृषि विज्ञका नाम जोड्न पुगेका विज्ञहरुले अर्गानिक खेतिलाई जोड दिने नेपाल सरकारको प्राथमिक विषय भएकाले रासायनिक मलमा ध्यान नदिएको हो भनि सञ्चार माध्ययमलाई जानाकारी दिएको व्यक्तव्यहरुले किसानको छातिमा हलो जोतेको सरह भएको छ । वर्षौँदेखिका किसानका समस्याहरु समधानमा राज्यले यसरी घात गरिरहदा लोकतन्त्रको बर्खिलाप भइरहेको आभास किसानहरुलाई भइरहेको छ ।
नेपाली किसानहरुको परम्परागत कृषि प्रणालीलाई आधुनिक ढङ्गबाट सञ्चालन गर्न सके पक्कै पनि यहि देशमा भविष्य खोज्ने युवाहरुको ईच्छा शक्तिमा वृद्धि गर्न सकिने थियो । यो बेलामा हजारौँ युवाहरु आफ्नो खेतबारी खनजोत गर्न तम्सिएका थिए । तर राज्यबाट यस्यो पिडादायी व्यवहार गरिदा उनीहरुको मनोबल समाप्त भैसकेको छ । आवश्यक पर्ने कृषिका सबै सामाग्रीहरु तथा रासायनिक मलहरु सबै भारत माथि निर्भर रहनु परेकोले बन्दाबन्दीको कारण नेपाली किसानहरुले केही पनि आवश्यक कृषिका सामाग्री तथा रासायनिक मलहरु प्रयोग गर्न पाएनन् । सरकारले त्यसको लागि कुनै पहल कदमी चालेको नेपाली किसानहरुले गन्ध पनि थाहा पाउन सकेनन् । अन्य मालसामानका हजारौँ भारतीय गाडिहरु नेपाल प्रवेश भए पनि कृषिका सामान बोकेर भारतीय गाडिहरु नेपाल आउन नसक्नु नेपाल सरकार तथा कृषि मन्त्रालयका साथै सम्बन्धित निकायको कत्तिसम्मको लाचाहार पना हो भनेर सजिलै अनुमान गर्न सकिन्छ ।
त्यसमा पनि बौद्धिक जननेता, पर्खर वक्ता, नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, आम किसानको पक्षमा आवाज उठाउदै जीवन नै समाज सेवामा समर्पित गरेका भनिने कम्यनिष्ट नेता सबै नेपालीहरुका लागि विस्वासिलो छवि भएका व्यक्तित्व बनाएका घनश्यामा भुसाल यति बेलाको सरकारको कृषि मन्त्रि हुदा झन परिवर्तनको आसा नेपाली जनाताको मनमा थपिएको थियो ।
मञ्च पाउदा राम्रा र मिठा भाषण गरी जनताहरुलाई लठ्याउन सिपालु भुसालले पक्कै त्यो सिप कृषिको परिवर्तनमा प्रयोग गर्ने छन् भन्ने लागेके थियो । तर विडम्पना कार्यकाल समाप्त भएको ढेड दुई वर्ष भैसक्दा पनि एउटा कार्य पनि किसानसम्म पुग्न नसक्नु किसानको लागि कत्ति दुर्भाग्य हो ? बरु यो सङ्कटको घडिमा किसानहरुलाई बचाउदै नाम र कामलाई बराबर दुरीमा माथि उठाउने समयमा रासायनिक मल खरिदमा ५० सौँ करोडको भ्रष्टचार गरेको हल्ला सञ्चार माध्यमबाट आउनु नेपाली किसानको लागि अभिषाप नै भएको हो । कृषि मन्त्रि भुसालबाट जति अपेक्षा गरेको थिए त्यो हुन नसक्दा नेपाली नेताहरु प्रति नेपाली जनताको विस्वास शुन्य बनेको छ । सत्ता र पदको लागि नेपाली राजनीतिक दलका नेताहरु जस्तासुकै भाषण दिन र हर्कत गर्न पनि पछाडि नपर्दा रहेछन् भन्ने छर्लङ्ग भएको छ ।
विश्व नै आतिङ्कट पारेको कोभिड–१९ नामक भाइरस आज नेपालमा पनि आफ्नो कब्जा जमाउन खोज्दै छ । जसका कारण सरकारले यसको लागि उचित कार्यविधि बनाउन नसकेको जनजाहेरै छ । अनेकौँ काण्ड र भ्रष्टचारलाई नै केन्द्रमा राखेर सरकार र त्यस मातहतका निकायहरु यति बेला बडो आनन्दले दिनहरु बिताइरहेका छन् । आम सर्बधारणहरु दैनिक रुपमा अभावै अभावले अकालमा मृत्युवरण गरे पनि सरकार वेखबर जस्तै छ । किसानहरुका समस्याहरुले राष्ट्रलाई अर्काे सङ्कट सृजना गर्ने निश्चित जस्तै भएको छ । ध्यान खेतिमा जतिसुकै बृद्धि आए पनि उत्पादनमा भयाङ्कर गिरावट आउने सङ्केत जानकारहरुको छ ।
त्यत्तिमात्र बारेमा उत्पादनका विभिन्न खेति तथा तरकारी रोपेका किसानहरुले न त मुल्य पाएका छन् न त बजार नै । कोभिड नै बहाना बनाएर विभिन्न ठाउँमा तरकारी तथा दुधहरु नस्त गर्ने काममा सरकारवाला निकाय लागेको देख्दा झनै अचम्मको प्रचन नेपाली किसानले भोग्दै मार खेपि रहेका छन् । जति सुकै परिवर्तनका शङ्ख बजाएर सरकार पनि पुगे पनि, युद्ध र सडक आन्दोलन गरि सोझा साझा नेपाली जनताको ज्यान लिने राजनीतिक संस्कारको विकास गरे पनि वास्तविक किसानका दिन आउन सकेन । तर एक टुक्रा जमिन नभएको, सडक र जङ्गलमा बसेर राजनीति गरेर सत्तामा पुगेको नेता आज अरबौँको मालिक बनेर बसेको अवस्था छ । यो संस्कारले नेपाली किसानको जीवनलाई निकै पिडा पैदा गरेको छ ।

Related

अघिल्लो समाचार

काम भन्दा कुरा बढी गर्ने भन्दै कुलमानलाई अबको कार्यकाल दिन प्रधानमन्त्री ओली नै छैनन् राजी

अर्को समाचार

अरे यार, पुरुषलाइ लाजै लाग्दैन ?

अर्को समाचार
अरे यार, पुरुषलाइ लाजै लाग्दैन ?

अरे यार, पुरुषलाइ लाजै लाग्दैन ?

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार