मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशि हुनेहरुका लागि आजको समय निकै राम्रो देखिएको छ। काममा सफलता पाइन्छ। व्यापार व्यावसाय फस्टाएर जानेछ। माया प्रेममा पनि समधुर मिलन हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वृष राशि हुनेहरुका लागि आजको दिन आज को दिन फलदायी मानिएको छ। व्यापार व्यवसाय राम्रो देखिएको छ। समाजसेवामा तथा विकासका काममा हात अगाडि बढाउँदा राम्रो देखिएको छ। आजको दिन पारिवारिक माहोलमा बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन राशि हुनेहरुका लागि आजको दिन संघर्षपूर्ण रहेको छ। व्यापार व्यवसायमा भनेजस्तो राम्रो नहोला। माया प्रेममा पनि संकाको नजर पर्नेछ। अवसरहरू त्यसै जानेछन्। आफ्नाले भनेको कुरालाई लिएर अगाडि बढेमा सफल हुने पनि देखिएकाे छ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसायमा बृद्धि भई मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा सोचेभन्दा राम्रो नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ भने घर परिवारमा सबैसँग सम्बन्ध सुमधुर बन्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिंह राशि हुनेहरुका लागि आजको दिन सुखमय बित्नेछ। पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाई सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । स्वास्थ्यले साथ दिने हुदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिचको सम्बन्ध सुमधुर हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आज परिवारमा मनमुटाव हुने देखिएकाे छ।
सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज मीन राशि हुनेहरुका लागि राम्रो दिन रहेको छ। माया प्रेममा सुखमय दिन बित्नेछ। आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको योग रहेको छ। व्यापार व्यवसायमा भनेजस्तो सफलता पाइएला।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस