सरकारले बिदेसिएका युवाहरुलाई स्वदेशमै रोजगार दिने भनिरहेको धेरै भो, अनि यता नेपाल कृषिप्रधान देश हो अब युवाहरू कृषिमा निर्भर रहेर भविष्य खोज्नु पर्छ भन्दै रहेको सरकारले किसानलाई आँफैले किनेर पनि मल पाउने अवस्था छैन, अनि कसरी गर्ने सरकारको भरोसा, किसानका पीडा।
यसै विषयलाई लिएर कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई किसानले समयमै मल नपाएको विषयलाई लिएर छलफल गर्नका लागि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मन्त्री भुसाललाई बोलाएको छ।
किसानलाई समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रीलाई धेरै भन्यौ तर यो भनाइमा मात्र सीमित रह्यो। किसानलाई सधैं समस्या नै समस्या भयो भन्दै कृषि मन्त्रीलाई यसबारेमा छलफल गर्नका निम्ति बोलाएको समितका सभापति पूर्णाकुमारी सुवेदीले बताउनुभयो।
मन्त्री भुसालले समयमै किसानलाई मल, बीउ उपलब्ध गराउन नसकेकोमा माफी समेत महिसक्नु भएको छ। तर मन्त्री भुसालले यसरी माफी मात्र मागेर नहुने सभापति सुवेदीले बताउनुभएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस