देशभर कोरोना महामारी फैलिरहेको अवस्थामा मङ्गलबार (आज) भने कोरोना सङ्क्रमित बाट निको हुनेको संख्या निकै धेरै रहेका छन्। गएको २४ घण्टा भित्रमा कोरोना सङ्क्रमण बाट निको हुनेहरु २२ सय ८७ जना रहेका छन्। आजको यो संख्या सँगै हालसम्म कोरोना लाई जितेर घर फर्कनेको सङ्ख्या ३२ हजार ९ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोना सङ्क्रमणका कारण आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले भने नेपालभर कोरोना सङ्क्रमण बढ्ने भन्दा निको हुनेको संख्या धेरै बढेको देखिएकाे छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस