प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले
उद्योग व्यवसायलाई नजिकबाट नियाल्ने र व्यवसायीहरुलाई कुनैपनि समस्यामा नपार्ने बताउनुभएको छ। आईतबार बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिहरु सङ् गरिएको छलफलमा निजी क्षेत्रका समस्या समाधान गर्न सरकार सधैं तत्पर तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ।
सरकारले खाली कर मात्र असुली गरेको छैन, सरकार सधैं निजी क्षेत्रको विकासका लागि केन्द्रित रहेर उद्योगी व्यवसायी हरुलाई सहयोग गर्ने मन्त्री ओलीले बताउनुभएको छ।
आईतबार गरिएको छलफलमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलका साथै अन्य मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो। त्यस्तै निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु सहभागी भएका थिए।
उक्त छलफलमा निजी क्षेत्रका पदाधिकारीहरुले अबको बन्द समाधानको विषय नभएका कारण सुरक्षा तथा मापदण्ड अपनाउँदै अबदेखि बन्द खोल्नुपर्ने माग सरकारसँग गरेका थिए। सधैंको बन्दले अबको जनजीवन झनै कष्टपूर्ण हुने भन्दै सरकारसँग बन्द खोल्न माग गरेका हुन्।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस