भदौ २१/काठमाडौं
दिनहुँ नेपालमा कोरोना सङ्क्रमण बढिरहेको छ। आईतबार पनि देशभर थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यो संख्या सहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई घर फर्किएका छन्।
देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो। गएको २४ घण्टामा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस