हजारौंको संख्यामा सयौं तले विशाल महलहरु भएको अरब राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा पछिल्ला केही दिनमा लगातार भुकम्पिय धक्काको महसुस गरिएको छ।
आज बिहान स्थानिय समय अनुसार ६ बजेर आठ मिनेट जादा युएइको फुजैराहा राज्यमा भुकम्पिय धक्का महसुस गरिएको हो।
नेशनल सेन्टर अफ मिटरोलोजी (एनसीएम) का अनुसार ३.४ रेक्टर स्केलको भुकम्पा रेकर्ड भएको छ। भुकम्पले कुनै पनि मानविय तथा संरचनागत नोक्सानी भने गरेको छैन।
NCM द्वारा जारी एक संक्षिप्त बिज्ञप्तिमा भुकम्पिय धक्काको महसुस भएको र सचेत रहनु पर्ने उल्लेख गरिएको खबर युएइको खालिज टाइम्सले प्रकाशित गरेको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस