हरेक कुरामा ‘रेकर्ड ब्रेक’ गर्दै आएको संयुक्त अरब इमिरेट्स (युएइ) ले फेरि एक पटक नयाँ रेकर्ड कायम गरेको छ। युएइमा कोभिड-१९ को खोप परिक्षणका लागि १२० देशका ३१ हजार नागरिकहरु सहभागी गराएर सबैभन्दा धेरै स्वयंसेवीमा खोप परिक्षण गर्दै युएइले नयाँ रेकर्ड कायम गरेको हो।
पहिलो चरणको तेस्रो परीक्षणका लागि तयार स्वयंसेवकहरूको यो संख्या बिश्वमै सबैभन्दा धेरै हो। युएइले स्वंयसेवाका लागि संसारभरिबाट आबेदन खुल्ला गरेको मात्र ६ हप्तामै ३१ हजार मानिस परिक्षणका लागि तयार भएका हुन।
यो परीक्षण स्वास्थ्य विभाग – अबूधाबी, युएई स्वास्थ्य तथा रोकथाम मन्त्रालय (MoHaP) र अबुधाबी स्वास्थ्य सेवा कम्पनीको साझेदारीमा अबुधाबी स्थित जि४२ (G42) स्वास्थ्य सेवा कम्पनीद्वारा संचालन भइरहेको छ।
परीक्षण अगाडि बढ्दै जाँदा हजारौं स्वयंसेवकहरूले खोपको दोस्रो शट प्राप्त गरिसकेका छन् । उनिहरुले स्वास्थ्य अनुगमन र स्वास्थ्य परीक्षणको लागि निरन्तर सहयोग पुर्याउँदै आएको अधिकारीहरुले जनाएकाछन। उनिहरुको निरन्तर अनुगमन र स्वास्थ्य जाँच भैराखेको खबर दुबईस्थित खालिज टाइम्सले प्रकाशित गरेको छ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस