श्रमिक युवा: …अनि पालो बनाइदिन परो नि। हामी कहाँ जाने? के गर्ने? कि त मर्ने हो यहि एम्बेस्सी अगाडी?
दूतावास कर्मचारी: तपाइको के छ भने, तपाईंको पालो आएपछी हामी कल गर्छौं।
श्रमिक युवा: (सबिनय) कहिले? ठिक छ मान्नु कि पालो आउछ मैले कुरो बुझे तर हामी कहाँ बस्ने? त्यो उद्दार गराइदिनुन हामिलाइ।
दूतावास कर्मचारी: (रवाफ सहित) उद्दार गर्ने काम हाम्रो होइन।
श्रमिक युवा: अनि कस्को होत?
दुताबास कर्मचारी: त्यो तपाई आफैको हो।
श्रमिक युवा: त्यो होइन हामी श्रम गराएर आएका छौ। त्यसै आएका छैनौं हामि।
दूतावास कर्मचारी: टुं… टु …टु…(फोन काटिन्छ)
माथी उल्लेखित फोन बार्तालाप हो, युएईमा रोजगार गुमाएको एक नेपाली नागरिक र यहाँ नेपाली नागरिकका पिरमर्का बुझ्न र समाधान गर्न बसेका दूतावास कर्मचारी बिचको। जुन भिडियो सामाजिक संजालमा शेयर पनि भएकोछ।
थाहा छैन, उ कति दिनको भोको छ। मनमा कति पिडा र वेदनाका बादल मडारिएका छन। थाहा छैन, यो बिरानो भुमिमा उस्ले कति हण्डर-ठक्कर खायो? कति अपमानित भयो? र, कति पटक आफ्नै जिन्दगीलाइ धिक्कार्यो होला? उता घरमा बुढा बा-आमा, श्रीमती र बालबच्चा पेटमा जाउलो पुग्यो कि पुगेन होला? साहुको ऋण कसरी तिर्ने होला? देशमा गएर के गरि रोजिरोटी गर्ने होला? यी याबत जटिलता मुटुको एकाकुना तिर गुट्मुटाएर बांचेको उस्को कोछ यहाँ ?
एक जना ४५-५० बर्षको नागरिक जस्को बोलिको लवज सुन्दा तराईक्षेत्रबासी भएको अनुमान गर्न सकिन्छ। उ सकि नसकी आफ्नो देशको प्रतिनिधि भएको दूतावासमा पुग्छ। गेटमा पुगेपछी एउटा स्विच देखिन्छ, जसलाइ दबाएपछी कल आफै दूतावास कर्मचारीसंग जान्छ र कुरा सुरु हुन्छ। दूतावास कर्मचारीले जसले यहि कामदार जनताले पठाएको रेमिटेन्सबाट तलब भत्ता खान्छ र आफुलाइ तलब खुवाउने त्यही जनतालाइ परिआउदा बेवास्ता गर्छ र निर्लज्ज भन्छ “उद्दार हाम्रो काम होइन। आफ्नो उद्दार आफै गर्नुहोस।”
यदि त्यसो हो भने दूतावास कर्मचारी नामका यि ब्वासाहरुलाइ हामिले किन पालेको? हामिले किन कर तिरेको? श्रम र बिमा किन गरेको? अनि, कति बेला काम लाग्छन, हामिलाइ हाम्रो सरकार र सरकारका प्रतिनिधिहरु? कहिले बोल्छन राजनीतिक दल गरिबका पक्षमा? प्रश्नहरुका पहाड छन। तर गरिबका कुरा सुन्न्ने कस्ले? भावना बुझ्ने कस्ले?
थाहा छैन, उ कति दिनको भोको छ। थाहा छैन, मनमा कति पिडा र वेदनाका बादल मडारिएका छन। थाहा छैन, यो बिरानो भुमिमा उस्के कति हण्डर-ठक्कर खायो? कति अपमानित भयो? र, कति पटक आफ्नै जिन्दगीलाइ घृणा गर्यो होला? उता घरमा बुढा बा-आमा, श्रीमती र बालबच्चा पेटमा जाउलो पुग्यो कि पुगेन होला? साहु सङ्ग ऋण लिएर मोटो रकम म्यानपावरका दलाललाइ तिरेर आएको अब त्यो ऋण कसरी तिर्ने होला? यदि घर जान पाएछ भने पनि, देशमा गएर के गरि रोजिरोटी गर्ने होला? यी याबत जटिलता मुटुको एकाकुना तिर गुट्मुटाएर बांचेको उस्को कोछ यहाँ ?
यो एक प्रतिनिधि घटना हो। यस्ता लाखौं युवाहरु आज अलपत्र छन। जस्ले रगत पसिना एक गरेर देशको ढुकुटीलाइ रित्तो हुन दिएनन। तर, यो न देशका शासकहरुले बुझे, न जनप्रशासनले न त राजनीतिक दलहरुले नै।
प्रधानमन्त्री कहिले “बिदेशमा बसेकालाइ यहाँ ल्याएर देश सोत्तर पार्ने भन्छन” त कहिले “कोरोना केहि होइन” भन्दै बकबकाउछन। र, अहिले आएर जसरी पनि अमेरिका खुसी पार्न एमसिसि पारित गर्न सांसद र सांसद नै नभएकालाइ पनि मन्त्री र प्रधानमन्त्रीको अफर गर्दै बसेकाछन। संसद र पार्टी सचिवालयमा बहुमत पुर्याउन नेता खरिद गर्नुछ उनलाइ। अनि, आफ्नो सुरक्षाको लागी ५ करोडको गाडी पनि त किन्नुछ।
राष्ट्रपति गलैचा फेर्न र ट्वाइलेटमा बिदेशी मार्वल फिट गर्न अनि रात्रीभोजमा करोडौं खर्चिन ब्यस्त छिन। उनलाइ के नपुग्नु छ र बिदेसमा अलपत्र नागरिकबारे प्रधानमन्त्रीलाइ गुनासो गरुन।
मन्त्री तथा स्थानिय सरकारका प्रतिनिधिहरु आफ्नै तलब भत्ता र गाडीघोडाको बढिबढाउमा लागिपरेकाछन। मन्त्रालयमा जिमखाना खोल्नुछ। देश डुब्नु पहिले एकबारको जुनिमा सबै चाहाना आकांक्षा पुरा गर्नुछ। अनलाइन बैठकमा समेत यिनिहरुलाइ ‘पोर्न’ हेर्नु छ। जे होस यिनिहरुको जिन्दगी बिन्दास चलिरहेकोछ।
यता नेकपालाइ आफ्नै दलभित्रको खिचातानी र शक्तिसन्तुलन मिलाउनको हतार छ। नेकालाइ जसरी पनि एमसिसि पास गरेर अमेरिका रिझाउनुछ। मधेस केन्द्रीत भनिएका दलहरुलाइ भारतलाइ रिझाउनुछ। जसरि पनि भारतिय नागरिकलाइ अधिकार दिलाउनुछ।
अनि दूतावास कर्मचारीहरुलाइ हुनेखाने र मोटो रकम दिन सक्नेहरुको सबै भन्दा पहिले उद्दार गर्नुछ। यो एक छाक खान अनि दुइ-चार रात तारे होटेलमा सुत्न पनि नसक्नेबाट आफुलाइ मिल्ने के छ र यिनको उद्दार गर्नु!
भगवान कहि कतै छन भने “पशुपतिनाथले यिनिहरुको रक्षा गरुन!”
फेसबुक देखि प्रतिक्रिया दिनुहोस