• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

बाबुरामको बरियता र खिसिट्युरी

९ महिना अगाडि
1 min read
देशको शिर ठाडो बनाउन २५ काम गरौ

BISHNU PRASAD POKHAREL

49
Shares
119
Views

बाबुराम भट्टराईलाइ उनको पार्टीमा चौथो बरियता दिइएको वा स्वयंले लिएको बिषयलाइ लिएर सामाजिक संजालमा खिसिट्युरी भइरहेकोछ। यस्तो खिसिट्युरिमा रमाउने मुलतः दुइ जमात छ। पहिलो, त्यो जमात जसले दुइ-चार लि. पेट्रोल, दुइ छाक मासु-भात र एक बोतल बियरको लागी नेता ब्यक्ती विशेषको लागी काम गर्छ। र, दोस्रो त्यो जमात जसले बाबुरामको खिसिट्युरी गरेरै युट्युब र अनलाइन चलाएर गुजारा चलाउने र श्रीमती छोराछोरी पाल्ने बिचराहरु ।

मैले बुझेका बाबुराम एक त्यागी हुन। अत्यन्तै बिद्दान, अध्ययनशिल र इमानदार यि नेता संगठक चै होइनन। त्यसैले जहाँ रहेपनी यिनि सधैंजसो अल्पमतमा रहन्छन। यिनि सेटिङ्ग मिलाउन नमान्ने वा नजान्ने हुनाले यिनका मान्छे यिनि संङ्ग धेरै दिन टिक्दैनन। तर यिनको कमजोरी भनेको जो कोहिलाइ एक पटक बिश्वास गरेपछी आजिबन नै बिश्वास गर्छन। जसका कारणले आफ्ना कार्यकर्ता गैरराजनीतिक र गैरसामाजिक तथा अन्य कुनै पनि कुकर्ममा संलग्न भएको यिनले देख्दैनन वा कमै देख्छन। उदाहरणका लागी खासै माखो नमारेका टोपबहादुर र प्रभु साहहरु यिनको कोटाबाट बारम्बार मन्त्री भएको प्रशंग काफि छ।

यिनि स्पष्ट बक्ता हुन। यिनमा बिकासको हुटहुटी छ। यिनि संग बिकासको खाका नै छ। तर यिनको अर्को कमजोरी भनेको राष्ट्रिय पुंजीले हुदैन, ठुला आयोजनाका लागी बिदेशी लगानी नै चाहिन्छ भन्ने सोच हो। त्यसैले नै यिनले हिजो बिप्पा गरे र आज एमसीसिको समर्थन गरेका छन। अलिकती रिस्क लिएरै भएपनी बिकास गर्नैपर्छ भन्ने उनको मान्यता सहि नै भएपनी नेपालको भुराजनितिमा सानो जोखिम पनि महंगो पर्ने तर्फ उनि सचेत हुनु जरुरि छ।

यिनको जोड जहिले पनि जनतन्त्र र जनजिबिकामा हुन्छ। खाइ-लाइ आजिबन जस्तो पाएको तत्कालीन माओबादी पार्टिको बरिस्ठ उपाध्यक्ष छोडेर यिनि मधेस झरेको यहि कारण हो। अन्य क्षेत्रमा भन्दा मधेसमा ब्यापक गरिबी र अशिक्षा छ। साथै त्यहाँ पहिचानको समस्या छ। अधिकांश पहाडी समुदायले त्यही मधेसी जनता जस्ले सिमानामा भारतिय सुरक्षाकर्मिको लाठि खाएर सिमा बचाइरहेकोछ त्यहि समुदायलाइ बिहारी भनेर उनिहरुको आत्मसम्मानमा बारम्बार ठेस पुराइरहेकोछ। राज्यको मुल चरित्र पनि त्यस्तै देखिएको छ। र, त्यसको फाइदा मधेसमा बिखण्डनकारीहरुले बारम्बार लिने प्रयास जारी राखेकाछन जसलाइ भारतले मलजल गर्दै आएकोछ। त्यसैले समग्र मधेसि जनताको मनोभावनालाइ एकीकृत गर्न र त्यहाँ रहेका बिकृत शक्तिहरुलाइ तह लगाउन उनले जुन प्रयत्न गरेकाछन त्यो सर्हानिय नै छ।

तर, राज्य संयन्त्रको समग्र चरित्र नै फेर्ने हिम्मत गरेका प्रचण्ड शान्ति प्रक्रिया सङ्गै एमाले-कांग्रेस-राजाबादी सबैतिरबाट आएकालाइ पार्टिमा स्वागत गर्दागर्दै आज आफै फेरिएर नयाँ एमाले बनेजस्तै बाबुराम पनि महन्त ठाकुर, राजेन्द्र महतो, शरद्सिंह लगायत जो मधेसमा सधैं राज गर्दै आएका तर आफ्नो दुनो सोझाउने बाहेक केहि माखो नमारेका र सधै मधेसि जनतालाइ झुक्काउदै र थिचोमिचो गर्दै आएका मधेसका सामन्तहरुलाइ बोकेर हिड्दै गर्दा उनि पनि मधेसका नयाँ सामन्त बन्लान वा बर्तमान मधेसी नेतृत्वको मुल चरीत्र बदल्न सफल होलान? समयले देखाउला।

एउटा भनाइ छ, एकपटक एक चेलाले आफ्नो गुरुलाइ तपाईं यति ठुलो बिद्दान तर तपाइको कुनै शान-मान किन छैन भनेर सोधेछन। अनि गुरुले उक्त चेलालाइ एक पत्थर दिदै, यो लिएर जाउ र बजारमा यस्को भाउ सोधेर आउ तर बेच्न चै नबेछ है भनेछन। चेलो उक्त पत्थर लिएर किराना पसलेकोमा गएछ अनि उक्त पसलेले बढिमा २ मुठ्ठा साग दिन सक्ने बताएछ। त्यसैगरी कपडा पसलेले केहि थान कपडामा साट्न सक्ने भनेछ। सुन पसलेले १० लाख सम्म दिन सक्ने बताएछ र हिराको पसलमा सोध्दा २ करोडसम्म दिने बताएछ। त्यो पत्थर हिरा थियो जुन हिराको पसलेले मात्र चिन्न र त्यस्को असली मुल्य बताउन सक्यो। यि बाबुराम पनि त्यही पत्थर हुन। उनलाइ बुझ्न त्यही तहको अध्ययनको खाचो पर्दछ। हुन त सहयोद्दालाइ त्रीशुलिमा खसालेर र महाकालि बेचेर काठमाडौमा महल ठड्याउनेहरु राष्ट्रबादी र राजनेता कहलिरहेको यो समयमा बाबुराम राष्ट्रघाती र खलनायक हुनु स्वभाबिक नै हो।

Related

ट्यागहरू: #बिष्णुपोखरेल #बाबुरामभट्टराई #मधेस
अघिल्लो समाचार

नेपालमा बढ्दो अपराधिक गतिविधि

अर्को समाचार

रङ्गभेदले सल्केको आगो

अर्को समाचार
नेपाल कहीले आत्मनिर्भर बन्छ ?

रङ्गभेदले सल्केको आगो

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार