श्रीमद ्भागवत बिष्णु ज्ञान महायज्ञ देवदह न.पा.–११ समई माईको थान स्थित गुम्मीमा सम्पन्न भएको छ । धर्म संस्कृति रक्षाको लागि धर्मशाला निर्माण गर्ने उद्देश्यले महायज्ञ सम्पन्न भएको हो । महायज्ञ समितिका अध्यक्ष नगेन्द्र मल्लाहको अध्यक्षता देवदह न.पा. प्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्रीकृष्ण रासलीला प्रस्तुत गरिएको थियो । बैरागी चौधरी, सुनिल कलवार, रामदुलारे थारु, दशरथ थारु, जितेन्द्र मल्लाह, चन्द्रिका मल्लाह, राजेन्द्र मल्लाह, भागीरथी चौधरी, रामदास यादव, सुवास गुप्ता, झिनक मल्लाह लगायतको बिशेष सहयोग रहेको महायज्ञ पं देव कृष्ण शास्त्रीले कथा प्रबचन गर्नु भएको थियो । बालकिसुन पासीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन पत्रकार राज चौधरीले गर्नु भएको थियो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस