सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेका छन् । उनले नेकपाभित्र आफूलाई नेतृत्व स्वीकार गर्न नहिचकिचाउन सांकेतिक आग्रह गरे ।
कोअर्डिनेसन केन्द्र र मालेमा सीपी मैनाली सर्वाधिक चर्चित नेता भए पनि भण्डारीलाई महासचिव स्वीकार गरेको स्मरण गर्दै उनले भने, मदन भण्डारी ओरिजिनल माले होइन, ओरिजिनल कोके होइन । तर उहाँलाई आत्मसाथ गर्न मालेले किन्चित पनि संकीर्णता देखाएन ।’
उनले अघि भने, पुष्पलाल समूहबाट आएको मान्नु हुँदैन, झापा विद्रोहकै मान्छे चाहिन्छ हामी कसैले भनेनौं ।’
आफू पनि ओरिजिनल मसाल वा माओवादी नभएको भन्दै उनले मदन भण्डारीसँग तुलना गरे ।
उनले अघि भने, ‘तपाईहरुलाई ओरिजिनल जस्तै लागेको होला । तर म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले यसो भन्दा सहभागीहरुमा हाँसो फैलियो ।
२०२८ सालमा पुष्पलालबाट पार्टी सदस्यता लिएको र २०३३ बाट मोहनविक्रम सिंहले नेतृत्व गरेको समूहमा प्रवेश गरेको उनले सुनाए । ०४१ को महाधिवेशनबाट केन्द्रीय समितिमा गएको भन्दै उनले भने, ०४६ को जनआन्दोलन भन्दा ठिक्क अगाडि जतिबेला मदन भण्डारी मालेको महासचिव हुनुभयो, म पनि मसालको महासचिव भएछु । के संयोग हो रु यो भन्दा धेरै म केही भन्दिनँ ।’
मालेको महासचिव भएपछि मदन भण्डारीले मनमोहन अधिकारीहरुसँग एकता गरेर एमाले बनाएको र आफूले पनि निर्मल लामाहरुलाई ल्याएर एकता केन्द्र बनाएको उनले सुनाए ।
त्यसबेला मदन भण्डारी र आफूबीच पार्टी एकताबारे वार्ता गर्ने तय भए पनि हुन नपाएको प्रचण्डले स्मरण गरे ।
अहिले पनि विचार मिलेर एमाले र माओवादीबीच एकता भएको र आफ्नै प्रस्तावमा मदन भण्डारीको स्मृति दिवसको दिन पारेर त्यसलाई घोषणा गरिएको उनले बताए ।
पार्टी एकतामा २१ औं शताब्दी र जनताको जनवाद दुबैलाई स्वीकार गरिएको प्रचण्डले बताए ।जबकी हामीले दुबैलाई स्वीकार गरेर परिर्माजन गर्ने र समाजवाद उन्मुख भएको जनताको जनवादका रुपमा साझा कार्यदिशा बनाइएको छ ।’
प्रचण्डले अगाडि भने, ‘एकले अर्कालाई निषेध गर्ने हो भन्ने ठानियो भने एकता सुदृढ गर्न गाह्रो पर्छ ।’दुई पार्टीको एकतालाई जनताले समेत अनुमोदन गरिसकेको भन्दै प्रचण्डले अहिले एकतालाई अप्ठ्यारो मान्नु आत्मघाती र प्रतिगमनकारी विचार हुने बताए । ‘अर्को सोच्न मात्र थालियो भने दुर्भाग्यपूर्ण हुन्छ’ नेकपाका दुई अध्यक्षमध्ये एक प्रचण्डले अघि भने, ‘अप्ठ्यारो त भइराख्छ नि । अलगअलग हुँदा पनि थियो ।’विरोधीहरुले पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहने भन्दै उनले एकतालाई रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको बताए ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस