Notice: Trying to get property 'child' of non-object in /home/setomasi.com/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 45
भदौ, बुटवल । बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशका २०७३ बामोजिम गठन भएको समितिको अध्यक्षमा घनश्याम भुषाल चयन हुनुभएको छ । यस्तै सञ्चालक सदस्यहरुमा वडा अध्यक्ष जगदिश चन्द्र आचार्य, नगरपालिका प्रतिनिधि विष्णु प्रसाद खनाल, गोपाल पौडेल, मोतिराज शर्मा खनाल, जानकी कुमार कुँवर(थारु), बजिर शाह, भिमकान्त पन्थी र सदस्य सचिवमा राम बहादुर खत्री चयन हुनुभएको छ ।कार्यक्रममा कृषि विभाग हरिहर भवन काठमाण्डौका कृषि अर्थ विज्ञ श्याम राज विष्ट, नि.वर्तमान अध्यक्ष कलाधर पन्थी, बजार व्यवस्थापन राम बहदुर खत्री लगायको विशेष उपस्थितिमा सञ्चालक समिति गठन गरिएको हो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस