कास्की । स्व क्याप्टेन रुद्रमान गुरुङ स्मृति गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट कान्तिपुर संवाददाता भुपाल गुरुङ र रा.स.स संवाददाता बासुदेव पौडेललाई प्रदान गरिने भएको छ ।
पत्रकारिताका माध्ययमबाट ग्रामिण पर्यटन प्रबद्र्धनमा टेवा पु¥याएको भन्दै गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) गण्डकी प्रदेशले प्रदान गर्ने दुई जनालाई सम्मान गर्न लागेको हो ।
माउन्ट कैलाश रिसोर्ट लेकसाईडमा जेठ ३१ गते शुक्रबार हुने होमस्टे मार्टको उद्घाटन कार्यक्रममा दुबै जनालाई नगद र दोसल्ला सहित पुरस्कृत गरिनेछ । भिटोफ गण्डकीले गाउँ पर्यटनका नायक तथा नेपालमै पहिलोपटक स्याङ्जाको सिरुवारीमा होमस्टेमार्फत ग्रामीण पर्यटनको सुरुवात गरेको स्वर्गीय सांसद रुद्रमान गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरेको हो ।
पुरस्कारबाट यस अघि पत्रकार लालप्रसाद शर्मा र सन्तोष पोख्रेल सम्मानित भइसकेका छन् ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस