तिलोत्तमा –१६जुडामा रहेको लिटिल स्टार बो.स्कुलमा प्रत्यक्ष निर्वाचन द्धारा सदन नेता र उप–नेता चयन भएको छ ।चार समुहमा रहेको सदनमा रातो सदनमा (इजन न्यौपाने, केवल रजाली ),हरीयो सदनमा (थमन वहादुर थापा,प्रकास कालुङ),पहेलो सदनमा (भिफ्रुम राना,सन्ध्या थापा) र निलो सदनमा उषा राना,सेलिना गुरुङ निर्वाचित भएका छन् ।उक्त कार्यक्रमा कक्षा ६ –१० सम्मका विद्यार्थी सहभागी थिए । निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य डी.बी. थापाले टिका प्रमाणपत्र र व्याज वितरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । अन्तर सदनको निर्वाचन हरी पोखरेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस