जेठ ३ । सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको रुपन्देहीका पत्रकार तथा सञ्चारकर्मीले पनि विरोध जनाएका छन् । पत्रकारका संग संगठन तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले आज पनि विभिन्न सहरमा सरकारको विरोध भएको हो ।सरकारले ल्याएको विधेयक प्रेस स्वतन्त्रताको खिलाफमा रहेको भन्दै पत्रकारहरुले विरोध जनाउँदैआएका हुन् । भैरहवामा रहेको जिल्ला प्रशासन कार्यालय परिषरमा पत्रकारहरुले मुखमा कालो पट्टी बाँधेर विरोध गरे । साथै उनीहरुले आफ्ना क्यामेरा लगायत उपकरण सडकमै थन्काउँदै शांकेतिक विरोध गरे । पत्रकारहरुको प्रदर्शनमा ‘मिडिया काउन्सिल विधेयक खारेज गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’ लगायत नारा लेखिएका ब्यानर देखाइएको छ । धर्नामा उनीहरुले नारावाजी समेत गरेका छन् ।
फेसबुक देखि प्रतिक्रिया दिनुहोस