• हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार
Setomasi
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार

समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गरौँ : उपराष्ट्रपति पुन

२ वर्ष अगाडि
1 min read
समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गरौँ : उपराष्ट्रपति पुन
46
Shares
113
Views

परासी ।उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको समृद्धिका लागि प्रकृति र संस्कृतिलाई उपयोग गर्न सुझाव दिनुभएको छ ।
नेपाल प्रकृत्ति र संस्कृतिका हिसाबले विश्वमै धनी मुलुक भएकाले यिनै क्षेत्रकै भरपुर उपयोग गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान साकार पार्न सकिने उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा आजदेखि शुरु भएको प्रथम औद्योगिक व्यापार मेला एवं लोकसांस्कृतिक पर्यटन महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रो देश प्रकृति र संस्कृतिमा धनी हुँदाहुँदै पनि यसको ठीक ढङ्गले उपयोग गर्न सकिएको छैन्, प्रकृति र संस्कृतिलाई ठीक ढङ्गले सदुपयोग गर्दै पर्यटनसँग जोडेर समृद्धि हासिल गर्न सकिन्छ ।”
यसैगरी प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगलाई प्राथमिकता दिएर विकास योजना अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका युवालाई प्रदेशमै रोजगार उपलब्ध गराउन अहिले प्रदेश सरकारले बनाइरहेको आवधिक योजना पनि अन्तिम चरणमा पुगेको छ ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी र उद्योग वाणिज्य सङ्घ सुनवलको संयुक्त रुपमा आजदेखि आयोजना गरेको मेला आगामी माघ २८ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, सुनवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश कर्माचार्य लगायतले बोल्दै नवलपरासीको औद्योगिकीकरण र पर्यटनको विकासमा पहल गरिदिन उपराष्ट्रपति पुनलाई आग्रह गर्नुभएको थियो ।
नेपाली लोक संस्कृतिको संरक्षण, संवद्र्धन गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो मेलामा नेपाली मौलिक कला संस्कृतिको प्रदर्शनी, विभिन्न जातजातिका परम्परागत घरहरु, फरकफरक जातजातिका मौलिक खानाका परिकार प्रदर्शनीमा राखिएको छ । दैनिक रुपमा फरकफरक जातजातिका सांस्कृतिक प्रस्तुति महोत्सवमा प्रस्तुत हुने प्रतिष्ठानका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
रङ्गशाला परिसरमै रहेको तालमा डुङ्गा सफारी, घोडा सफारी र ऊँट पनि विशेष आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा १५० भन्दा बढी कक्ष रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।(रासस)

Related

अघिल्लो समाचार

जापानको श्रम बजारमा कामदारको अभाव,

अर्को समाचार

बुटवलमा कृषि मेला २०७५ हुने ,मेलाको तयारी तिब्र

अर्को समाचार
बुटवलमा कृषि मेला २०७५ हुने ,मेलाको तयारी तिब्र

बुटवलमा कृषि मेला २०७५ हुने ,मेलाको तयारी तिब्र

फेसबुक देखि प्रतिक्रिया दिनुहोस

Setomasi

सुचना तथा प्रसारण बिभाग दर्ता नं.: २२४८/०७७-७८
 संस्थापक / सम्पादक : बिष्णु प्रसाद पोखरेल

Easy Way Solution Pvt. Ltd.
Rupandehi, Lumbini, Nepal
 +977-9857029586
 [email protected]

समाचार

  • समाचार
  • प्रमुख समाचार
  • आर्थिक
  • स्वास्थ्य
  • धार्मिक
  • राजनीति
  • खेलकुद

प्रदेश बिशेष

  • प्रदेश १
  • प्रदेश २
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदुरपश्चिम प्रदेश
सेतोमसी - setomasi.com
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • मुद्रा
  • मिति परिवर्तन

© 2021 Copyright Setomasi.com | All rights reserved.     Designed By: Baidar Group

  • गृहपृष्ठ
  • समाचार
  • बिशेष
  • राजनीति
  • देश
    • स्थानीय
    • समाज
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
  • विचार
    • अन्तरवार्ता
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • सौन्दर्य
    • जीवन शैली
  • बिजनेस
    • कृषि
    • उद्योग
    • पर्यटन
  • साहित्य
    • कला
    • मनोरञ्जन
  • खेलकुद
  • हाम्रो मसी
कुनै सामग्री भेटिएनन
खोजीमा भेटिएका सबै समाचार