२१ चैत्र, सैनामैना । नेपाल योङ्ग ब्रोदर्स तेक्वान्दो क्लव रुपन्देहीको पेटि परिक्षा सम्पन्न भएको छ । रुपन्देहीको सैनामैनास्थित सैनामैना ब्याडमिन्टन कवड हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
स्ट्रगल तेक्वान्दो डोजाङ्ग शुद्दोधन-१, ३६० तेक्वान्दो डोजाङ्ग बुटवल-१२, ताली तेक्वान्दो डोजाङ्ग सैनामैना-११ र परोहा तेक्वान्दो डोजाङ्ग एकेडेमी सैनामैना-५ बाट गरि जम्मा १४० जना विद्यार्थीमध्य १०६ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । जसमा ६० जना सेतो, ४२ पहेँलो र ४ हरियो पेटिका लागि परिक्षा दिएका थिए ।
बिकास श्रेष्ठको अध्यक्षतामा रहेको कार्यक्रममा विभिन्न तेक्वान्दो डोजाङ्ग एकेडेमीका प्रशिक्षकहरु समेत सहभागी भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology