एजेन्सी, २० चैत्र । भारतको राजस्थानका एक दम्पतीले घरभित्रै २० लाख भारु जलाएका छन् । सिरोही जिल्लाका कल्पेश जैन र उनकी पत्नीले एक हप्ताअघि मात्र ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका हुन् ।
एन्टी करप्सन ब्युरोको टोली छापा मार्न घरमा आएपछि उनीहरुले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्यूरोको टोलीले ढोका ढकढक्याइरहँदा जैन दम्पतीले ग्यास चुलो बालेर नगद रकम जलाइरहेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार भ्रष्टाचार निरोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व निरीक्षक परबत सिंहलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खिचिरहेका थिए ।
सिंहले उक्त रकम पिंडवाडाकै तहसिलदार कल्पेशकुमार जैनका लागि लिएको बताएपछि ब्युरोको टोली उनको घरमा छापा मार्न पुगेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology