अशोक गौतम "क्षितिज", पपुवा न्युगिनी । पपुवा न्युगिनी का प्रधानमन्त्री जेम्स मारापेले मंगलबार कोभिड-१९ बिरुद्दको खोप लगाएर खोप को सुरुवात गरेका छन । प्रधानमन्त्री मारापे सङ्गै अन्य बरिस्ठ मन्त्री र राजधानी स्थित पोर्ट मोरेस्वी जनरल अस्पतालका २५० भन्दा बढि कर्मचारीले यो खोप प्राप्त गरे ।
अस्ट्रेलिया सरकारको सहयोगमा प्राप्त ८ हजार डोज AstraZeneca भ्याक्सिन बुधबार देखि अन्य फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी हरुलाइ प्रदान गरिने सरकारले बताएको छ ।
अघिल्लो हप्ता आइपुगेको भ्याक्सिन लगाउने बिसयमा यहाँका प्रतिपक्षी नेता वेल्डेन नमाहले खोपको बिस्वस्नियता र आम जनतामा उब्जिएका प्रश्नहरु को समाधान नभए सम्म स्थगित गर्नु पर्ने बताएका थिए ।
'' म हाम्रो सरकारले आम नागरिकहरू लाई सम्भावित गम्भीर क्षति पुर्याउन र उनीहरूलाई प्रयोगशालाको रूपमा यस खोपको थप परीक्षणको लागि प्रस्तुत गरेको देख्न चाहन्न, " नमाहले भनेका थिए । यदि खोप लगाउने नै भए प्रधानमन्त्री, उनको मन्त्री मण्डल र उनको परिवारले पहिले लगाउनु पर्ने भन्दै आवाज उठाएका थिए ।
प्रधानमन्त्री मारापेले चिकित्सक र बैज्ञानिकको टोलिले समेत सुरक्षित भनिरहेको अबस्थामा हामि सबै ले ढुक्क सङ्ग खोप लगाउनु पर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology