images

शिक्षा मन्त्रालय र प्रदुषित नेपाली आकाश मुनिका ट्युसने विद्यालयहरु

शिक्षा मन्त्रालय र प्रदुषित नेपाली आकाश मुनिका ट्युसने विद्यालयहरु

images
  • 3.8K
    SHARES
  • images
    शिक्षा मन्त्रालय र प्रदुषित नेपाली आकाश मुनिका ट्युसने विद्यालयहरु

     नेपाली आकाशमा वायु प्रदुषण बढेको र त्यो प्रदूषणले बिद्यार्थीको स्वास्थ्यमा गम्भीर असर गर्ने भन्दै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले सोमबार सुचना जारी गर्दै मंगलबार देखि ४ दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गर्यो । तर मन्त्रालयको निर्णय कसैले लागू गरे, कसैले गरेनन ।

    images

     मन्त्रालयको विश्लेषण ठिक थियो । अहिले पनि नेपाली आकाशमा फोटो, भिडियो र प्रत्यक्ष हेर्दा पनि बाक्लो तुवाँलो देखिएको छ । यद्यपि देशमा संघीयता लागू भए सङ्गै धेरै अधिकार स्थानिय निकायमा पनि छ । अझै त्यो भन्दा पनि हरेक जिल्ला हरेक क्षेत्रका शिक्षण संस्थाहरुका आ-आफ्नै संगठन हरु पनि छन । ती संगठन हरुको पनि आफ्नै निर्णय हुन्छन नै । तर शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको बैठकले गरेको यो आकस्मिक निर्णयले फाइदा भन्दा धेरै अन्योल र भ्रम शृजना गरेको जस्तो देखिन्छ ।

    सामान्य बुझाइमा पनि वायु प्रदुषणले ढाकिएको आकाश शिक्षण संस्थामा मात्रै नभएर घर, समुदायको आकाशमा पनि उस्तै हुन्छ । घरमा लाग्ने हावा, सामुदाय, स्कुल शहर बजारमा लाग्ने हावा एउटै हो । समुदायमा भन्दा शहरमा प्रदुषण केही मात्रामा बढी चै हुन्छ ।

    मन्त्रालयको निर्णयमा धेरै शिक्षण संस्थाले असहमती जनाउदै स्कुल कलेजहरु संचालन गरिरहेका छन । केही निजि स्कुल हरुमा परीक्षा चलिरहेको छ । केही स्कुलहरुमा परिक्षाको तयारी चलिरहेको छ । यो अबस्थामा के गर्ने ?? मन्त्रालयले गम्भीर भएर सोच्नु पर्ने थियो । यसको अलावा मन्त्रालयले वायु पदूषण कम गर्न के के उपाय अपनाउनु जरुरी छ भनेर सचेतना फैलाउन सक्नु पर्थ्यो ।

    कतिपय शिक्षण संस्थाहरुले नियमित पठनपाठन बन्द गरेका छन तर तिनै शिक्षण संस्थाले कोचिङ र ट्युसन क्लास बन्द गरेका छैनन् । यसलाइ कसरी लिने ? आखिर फाइदा हुने भए पछि बायु पदूषणले असर नगर्ने रहेछ भनेर बुझ्न आम मानिस लाई गाह्रो नहोला ।

    अहिले यसै पनि हिउँदको समय बन-जंगलमा आगलागीहरुका घटना निकै भैरहेका छन । खेत बारिमा धान, गहुं र तोरी भित्राइसकेपछि तिनका पराल, नरुवाहरु खेत बारिमै जलाउने चलन छ । तिनीहरुलाइ ब्यबस्थापन गर्नको लागि चेतनामूलक सुचना पुर्याउन सक्नु पर्थ्यो । टोल बिकास संस्था, सामुदायिक संस्थाहरु मार्फत घरको दायाँबायाँ जलाइने फोहोर हरुलाइ ब्यबस्थापन गर्न सुझाउनु पर्ने थियो ।

    कतिपय शिक्षण संस्थाहरुले नियमित पठनपाठन बन्द गरेका छन तर तिनै शिक्षण संस्थाले कोचिङ र ट्युसन क्लास बन्द गरेका छैनन् । यसलाइ कसरी लिने ? आखिर फाइदा हुने भए पछि बायु पदूषणले असर नगर्ने रहेछ भनेर बुझ्न आम मानिस लाई गाह्रो नहोला ।

    एक त कोरोनाको डर, त्रास र लकडाउनले धेरै बिद्यार्थीको एक बर्षको समय त्यत्तिकै जांदैछ । बिचमा लकडाउनले अबरोध गरेको समयलाइ पनि अहिले बिद्यार्थीले दोब्बर समय लगाएर, कोचिङ, ट्युसन पढेर भए पनि पाठ्यक्रम पूरा गर्ने तयारिमा छन त्यै पनि पठन पाठनमा यस्ता अस्वाभाविक उर्दि र निर्देशनले पढाइ लाई त असर गर्छ नै अझै असर विद्यार्थी र उनको अभिभावक लाइ मानसिक रुपमा असर गरेकै हुन्छ ।

    यो चैत बैशाख को समय पानी नपर्ने र जमिन सुख्खा रहने हुंदा अझै आगलागी हुने, बन जंगलमा डढेलो लाग्ने क्रम चल्नेछ । हावा लाग्दा भुइको धुलो उडाएर बायुमन्डल मा पुग्ने र त्यसले अझै धेरै असर गर्न सक्छ । तुवाँलो लागिरहने र वायु मण्डलमा असर परिरहने हो भने कति दिन शिक्षण संस्था बन्द गर्ने ?

    के शिक्षण संस्था बन्द गर्नु मात्रै तुंवालोको समाधान हो त ? तसर्थ हामी सबै सचेत हुनु जरुरी छ । सचेतना फैलाउनु जरुरी छ ।

    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com