रेशम अधिकारी, काठमाडौं, चैत १६ गते । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा र मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरू सहभागि भएको बैठकमा विगत केही दिन यता वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरका शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिएका छन ।
बैठकमा मन्त्री श्रेष्ठले लाखौ विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्थता बन्द गर्नुपरेको बताए । भोलि मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।
साथै यस विषम परिस्थितिमा आफ्ना बालबालिकाहरूलाई विद्यालय विदा भएको अवस्थामा घरभित्रै रहने व्यवस्था मिलाइ स्वास्थ्य प्रतिकूलतावाट जोगाउन सबै अभिभावकहरूमा मन्त्रालय अनुरोध समेत गरेको छ ।
यद्यपि परिक्षा संचालन भैरहेका शिक्षण संस्थामा भने पुर्वयोजना बमोजिमका क्रियाकलापहरुमा निरंतरता दिइने कुरा बिज्ञप्तिमा जनाइएको छ ।