images

आइपिएल सिजन-१४

आइपिएल क्रीकेटमा राजस्थानको पहिलो जित, दिल्ली क्यापिटल्स ३ विकेटले पराजित

आइपिएल क्रीकेटमा राजस्थानको पहिलो जित, दिल्ली क्यापिटल्स ३ विकेटले पराजित

  • बैशाख ३, २०७८ शुक्रवार ०५:१२ बजे
  • 4.7K
    SHARES
  • images
    आइपिएल क्रीकेटमा राजस्थानको पहिलो जित, दिल्ली क्यापिटल्स ३ विकेटले पराजित

    ०३ बैशाख एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो ।

    images

    वान्खडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको राजस्थानले १९ ओभर चार बलमा सात विकेट गुमाउँदै १५० रन बनायो ।

    दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उनले ९ चौका प्रहार गरे । 
    त्यस्तै टोम करणले २१ रन बनाउँदा ललित यादवले २० रनको योगदान गरे दिल्लीका पाँच ब्याट्सम्यान दोहोरो अंक नजोडेर आउट भए । बलिङतर्फ राजस्थानका लागि जयदेश अन्कडले सर्वाधिक ३ विकेट लिए । मुस्तफिजुर रहमानले २ विकेट लिँदा क्रिस मोरिसले १ विकेट हात पारे । faf212e9-moris-6666-1024x576.jpg

    राम्रो सुरुवात गर्न नसकेको राजस्थानले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि उसको स्कोर ४२ रन हुँदा पाँच विकेट झरेको थियो ।
    एक सय चार रन हुँदा सात विकेट खेर फालेको राजस्थानको जितमा डेविड मिलरले ६२ रन बनाए भने क्रिस मोरीसले ३६ रनको योगदान गरे, राहुल तिवातीयाले १९ रन बनाए । 
    । राजस्थानको पनि अरु खेलाडीले त्यति राम्रो खेल्न सकेनन् ।
    बलिङमा दिल्लीको अभेस खानले तीन तथा क्रिस ओक्स र कागिसो राबाडाले दुई दुई विकेट लिएका थिए ।


    बिहीवारको खेलमा जित निकालेसँगै राजस्थानले लिगमा २ खेलबाट २ अंक जोडेको छ । राजस्थान पहिलो खेलमा पन्जाब किङससँग पराजित भएको थियो । उता दिल्लीको पनि २ खेलबाट २ अंक रहेको छ । दिल्लीले पहिलो खेलमा चेन्नइ सुपर किङ्सलाई हराएको थियो ।

     

    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • # क्रीकेट

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com