images

गुल्मीको इस्मामा लागेको आगालागी नियन्त्रण बाहिर

गुल्मीको इस्मामा लागेको आगालागी नियन्त्रण बाहिर

  • 3.0K
    SHARES
  • images
    गुल्मीको इस्मामा लागेको आगालागी नियन्त्रण बाहिर

    अनिष पन्थी, गुल्मी । गुल्मीको  इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएका छन् ।  अम्मरपुरको जैथुम बागदुलामा  जंगलबाट सल्केको आगोका कारण नजिकै रहेका घरगोठ जलेको बताइएको छ।  । आफुहरु आगलागी भएको ठाउँमा भएपनि नियन्त्रणमा लिन नसकिएको स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् । 

    images

    आगलागीका कारण धन बहादुर बि.ककाे घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ भने  नम बहादुर बिक, टिका बहादुर चुदाँरा र नम बहादुर चुदाँराकाे गोठ जलेर नष्ट भएका छन   । आगलागीका कारण ४ बङ्गला पुर्णरूपमा क्षती भएको बताइएको छ ।

    आगलागी दिउँसो १२ बजेबाट जंगलमा लाग्न सुरु गरेको थियो । आगाे नियन्त्रण बाहिर छ । हावाहुरीका कारण आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय  कुँवरले जानकारी दिएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # गुल्मी

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com