images

आजको राशिफल

बैशाख २ गते बिहीवार, माता सरस्वतीको दर्शन गरि आजको राशिफल हेर्नुहोस

बैशाख २ गते बिहीवार, माता सरस्वतीको दर्शन गरि आजको राशिफल हेर्नुहोस

  • 18.4K
    SHARES
  • images
    बैशाख २ गते बिहीवार, माता सरस्वतीको दर्शन गरि आजको राशिफल हेर्नुहोस

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख २ गते बिहीवार । तदनुसार १५ अप्रिल २०२१ । माता सरस्वतीको दर्शन गरि आजको राशिफल हेर्नुहोस ।

    images

    मेष–  आम्दानिको नयाँश्रोत फेला पर्नेछ । भोजभत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विस्वास लिन सजिलै सकिने छ ।   बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । 

    वृष– कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैयापैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।  पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला ।

    मिथुन– विबाद बढने  सामाजिक मर्यादामा  संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ ।

    कर्कट– आज तपाइको धनलाभको योग छ साथै दिन खुशी साथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।  ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । 

    सिंह– नया ठाउको यात्राको योग छ, पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो  छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ ।   व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला ।

    कन्या– स्वास्थय कमजोर हुनुको साथै  काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला ।  स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ ।

    तुला– अरुको काम धेरै गर्नु पर्ला जस पाउने सम्भावना कमै रहनेछ, काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ ।  परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् दिन मध्यम खालको छ । 

    वृश्चिक– स्वस्थ्ययमा सुधार हुने भयकोले नया काममा ध्यान दिएमा मान सम्मान मिलनेछ,  ।  धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।  आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ ।

    धनु– बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।  काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।  विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न्न पाइएला ।

    मकर– कुराकाटनेहरु प्रसस्थ  बढनेछन । ठूलाव्यक्ति हरुबाट आलोचना हुनेछ, कसैसंग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला  ।

    कुम्भ– हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्न सक्छ ।  धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ ।

    मीन– आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ, साथे पाहुना आगमनको पनि योग रहेको छ  । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ  । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।

    ।ॐ हरिशरणम् ।
    यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

    ( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ  श्री हरिहर ज्योतिष सेवा, देवदह-७, शितलनगरमा भेट्न सकिन्छ । सत्यनारायण, दुर्गापुजा, लघुरुद्री, ग्रह शान्ति, ब्रतबन्ध, गृहवास्तु (घरपैंचो), लाखबत्ती, सप्ताह लगायतका शुभ कार्यका लागि चाहिने पुजा सामाग्री तथा ज्योतिष, वास्तु, कर्मकाण्डका सम्पुर्ण सेवाका लागि उहाँलाइ सम्पर्क गर्न सक्नुहुन्छ । मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।))

    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com