images

गाउँपालिका र विद्यालय व्यवस्थापनको चरम लापरबाही

अर्घाखाँचीको सरस्वती मावि ४ महिनादेखी शिक्षक बिहिन्, २ पटक सर्यो परिक्षा

अर्घाखाँचीको सरस्वती मावि ४ महिनादेखी शिक्षक बिहिन्, २ पटक सर्यो परिक्षा

  • 18.1K
    SHARES
  • images
    अर्घाखाँचीको सरस्वती मावि ४ महिनादेखी शिक्षक बिहिन्, २ पटक सर्यो परिक्षा

    दिपेन्द्र खत्री, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-२, डाँडाकटेरी स्थित श्री सरस्वती माता माध्यमिक विद्यालयमा १२ जना शिक्षक-शिक्षिका र १ जना सहयोगी गरी १३ जनाको भरमा विद्यालय सञ्चालन भइरहेको छ ।

    images

    विषयगत शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावकारी बन्न सकेको छैन भने गाउँका बालबालिका राम्रो शिक्षाका लागी अन्यत्र जानु पर्ने अबस्था उत्पन्न भएको छ ।

    मा. वि. शिक्षक ३ जना, नि. मा. वि. शिक्षक ४ जना, प्रा. वि. शिक्षक ५ जना, बाल शिक्षिका १ जना, र सहयोगी १ जना भएपनि सामाजीक विषय शिक्षकको दरबन्दी खाली रहेको विद्यालय प्रधानाध्यापक हुमानन्द खनालले बताए ।

    received_485612935810326.jpegकक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा पठनपाठन गुणस्तरीय नभएको बिद्यार्थीहरु बताउछन् । गाउँकै विद्यालयमा शिक्षक अभाव भएपछि बालबालिका पढ्नका लागि अन्यत्र जान बाध्य छन् । पहिलेको तुलनामा बिद्यालयमा पठनपाठन प्रभावकारी नहुँदा बर्षेनी विद्यार्थी घटदै गएको रेकर्डमा देख्न सकिन्छ ।

    विद्यालयमा सामाजीक बिषय अध्यापक शिक्षक पुस १३ गते निस्कासन भए  । त्यसपछि विद्यालयमा बिधिगत रुपमा माघ मसान्तसम्म शिक्षक आवेदन खुल्ला भयो ।२४ जना आवेदकले आवेदन दिए । आवेदन दिएका आवेदकहरुको फागुन १३ गते परिक्षा थियो । आवेदकहरु परिक्षाको तयारीमा जुटिसकेका थिए। तर, विद्यालयले परिक्षाको अगिल्लो दिन परिक्षा सरेको सूचना निकाल्यो । 

    त्यसको केहि दिन पछि पुन: परिक्षा हुने भनी फागुन १७ गते मिति तय गर्यो । परिक्षार्थीहरुलाई सूचना पनि गरियो। परिक्षार्थी परिक्षाको तयारीमा फेरि व्यस्त भए । तर विद्यालयले पुरानै पारा दोहोर्याउदैं पुन:  सुचना गर्यो र परिक्षा रोक्यो । 


    गाउँपालिकाभित्रका एक विषय बिज्ञको उपचार विदा कै कारण रोकिन्छ परिक्षा ? 

    पुस १३ बाट दरबन्दी खाली रहेको विद्यालयमा बिधिअनुसार दरबन्दी परिपुर्तिका निम्ती आबेदकहरुले आबेदन दिए पनि परिक्षा दिन पाएनन् ।

    गाउँपालिका र विद्यालयको सहमतिमा परिक्षा गराउने भनिए पनि परिक्षाको अघिल्लो दिन गाउँपालिकाको शिक्षा शाखाबाट परिक्षा गराउने दुई विषयबिज्ञ मध्य १ जना उपचारको निमित्त बाहिर गएको र परिक्षा गराउन १ जनाले मात्र सम्भब नभएकाले परिक्षा रोक्न गाउँपालिकाबाट सुचना आयो । परिक्षा रोकियो ।

    received_192329739183139.jpegपुन: गाउँपालिका र विद्यालयको साझेदारीमा फागुन  १७ गते परिक्षा हुने मिति तय भएको सुचना गरियो। विद्यालयमा परिक्षको लागी सबै तयारी भयो,आबेदक पनि तयारीमा भए । गाउँबाहिर रहेका आबेदक परिक्षाको लागी गाउँ आए । सबै तयारी सकिएपछि पनि परिक्षा फेरी रोकियो । जब कि कुनै एक कर्मचारीको स्वास्थ्य समस्याकै कारण परिक्षा रोक्नुपर्ने कारण नै देखिदैन । यसले स्पष्ट रुपमा पर्दा पछाडी अर्कै खिचडी पाकिरहेको सहजै अनुमान गर्न सकिन्छ ।


    व्यवस्थापन समितिको अवधि सकिने दिनै किन परिक्षाको अर्को मिति तोकियो ? 

     सरस्वती माता माध्यमिक विद्यालयमा अहिले व्यवस्थापन समितिनै नभई विद्यालय संचालन भईरहेको अबस्था छ । फागुन १७ गते हुने भनिएको परिक्षा रोकिनुमा व्यवस्थापन समितिको व्यवस्थापन समिति समाल्ने समय अबधी त्यहि दिन सकियो । 

    व्यवस्थापन समिति निस्केको दिन परिक्षा गराउन नमिल्ने भएको भन्दै पुन: परिक्षा रोकियो । यदि त्यही दिन ब्यबस्थापन समितिको अवधी सकिदै थियो भने किन त्यही दिन परीक्षा तोकीयो । कारण स्पष्ट छ, परीक्षा रोक्नकै लागि फाल्गुन १७ गतेको मिति तोकिएको थियो ।

    यसरी पटकपटक परिक्षा रोकेर एकातिर आबेदकहरुलाई लाई दु:ख दिने काम भईरहेको छ भने अर्को तिर यसले गर्दा बिद्यार्थीहरुले बिषय शिक्षक पाउन सकिरहेका छैनन् ।

    पटकपटक विभिन्न सरकारी निकायमा शिक्षकको व्यवस्था गर्न माग गरिए पनि बेवास्ता भइरहेको देखिन्छ । राजनीतिक पहुँचका आधारमा भागबन्डा मिल्न नसकेकै कारण बिद्यालयले अहिलेसम्म दरबन्दीका शिक्षक नराखेको र स्थानीय सरकारले समेत शिक्षक व्यवस्थापनमा सहयोग नगरेकोे देखिन्छ । पर्याप्त पूर्वाधार नहुँदा गाउँका विद्यार्थी अन्य सामूदायिक र नजिकै गाउँका निजी विद्यालयमा गएको पाईन्छ ।

    images
  • सम्बन्धित विषय:

  • # शिक्षा

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com